स्याङ्जा । भीरकोट नगरपालिका ४ स्थित सिसौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आकर्षणको केन्द्र बनेको छ । बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी पार्क निर्माण भएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नमूना पार्क बनाइएको हो । पार्कमा जान सबै वर्गका लागि सहज छ । फोहोरमैला व्यवस्थापनमा समेत नमूना बनेको छ पालिका ।
तत्कालीन भीरकोट नगरप्रमुख छायाँराम खनालले फोहोरमैला व्यवस्थापनसँगै पार्क पनि निर्माणको कल्पनासहित परियोजना अघि बढाएका थिए ।
नगरको फोहोरमैला व्यवस्थापन गर्दै गर्दा दुर्गन्ध बढेर रोग निम्त्याउँछ भन्दै स्थानीयले विरोध जनाएपछि तत्कालै नगरप्रमुख खनालले फोहोरमैलाको उचित ब्यवस्थापनसँगै (बालबाटिका) एवं भीरकोट पार्क बनाउने गरी योजना अघि सारेर एकै पटक दुवै काम सँगसँगै सुरु गरेको नगरप्रवक्ता दीपेन्द्र केसीले बताए ।
‘भीरकोट बालमैत्री नगर हो । बालबाटिकाको कल्पनासँंगै निर्माण गरिदै जाँदा आज जिल्लाकै रमणीय र नमूना पार्क बनेको छ । अवलोकन, वनभोज र रमाइलो भेटघाटका लागि यहाँ आउने मानिस धेरै हुन्छन् । सार्वजनिक बिदाका दिन मासिनका भीड थेगिसक्नु हुँदैैन ।’ उनले भने, ‘फोहोरमैला व्यवस्थापनबारे अध्ययन, अवलोकन र सिकाइका लागि पनि धेरै जिल्लाबाट यहाँ आउने गरेका छन् ।
बालबालिकदेखि वृद्धसम्मका लागि आउन सजिलो भएकाले धेरै मानिसहरु यहाँ आउने गरेका हुन्छन् । ‘सार्वजनिक बिदाका दिन यहाँ मानिसहरुको भीड थेगिसक्नु हुँदैन,’ पालिकाका कर्मचारी चिरञ्जीवी अधिकारी भन्छन्, ‘यहाँ बाहिरी जिल्लाबाट समेत आएर फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन, अवलोकन गरेर फर्कर्ने गर्छन् ।’
फोहोरमैला व्यवस्थापन केन्द्र, पार्कसमेत गरी ६१ रोपनी क्षेत्रफलमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । फोहोरमैलाका लागि छुट्टै भवन निर्माण गरिएको छ । जहाँ कुहिने, नकुहिने, शिशाजन्य वस्तु वर्गीकरण गरी राखिएका हुन्छन् ।
तत्कालीन भीरकोट नगरप्रमुख छायाँराम खनालले फोहोरमैला व्यवस्थापनसँगै पार्क पनि निर्माणको कल्पनासहित परियोजना अघि बढाएका थिए
कुहिने फोहोरबाट मल उत्पादन गरी बगैंचा बनाइएको हो । बगैंचामा विभिन्न किसिमका फलफूल, बिरुवा र दुबो लगाइएको छ । नकुहिने वस्तु बिक्री गरेर आम्दानी गरिएको छ ।
विस २०७६ सालमा निर्माण सुरु भएको हो । नगरपालिकाले २ करोडको लगानीमा पार्क निर्माण गरेको हो । पार्कको प्रवेशद्वार निर्माणका लागि भने गण्डकी प्रदेश सरकारको सहयोग रहेको प्रवक्ता क्षेत्रीको भनाइ छ ।
यहाँ फूलबारी, साना र हरियाली रुखहरू, क्यारी, दुबोका बगैंचा, बस्न र खेल्नका लागि कुर्ची, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैंचा छ ।
वनभोज पकाउनका लागि छुट्टै जग्गा छ । बगैंचा/फूलबारीमा बसेर रमाइलो गर्न सकिन्छ । यहाँ घुम्न र वनभोजलगायत रमाइलोका जिल्लाका अन्य पालिकासँगै बाहिरी जिल्लाबाट समेत आउने गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । जिल्लाकै नमूना पार्क बनाउने अभियानमा रहेको प्रमुख कर्माचार्यको भनाइ छ ।
जिल्लाको मध्यभागमा भीरकोट नगरपालिका रहेको छ । सिद्धार्थ राजगमार्गबाट करिब ५ सय मिटरभित्रै पार्क छ । पार्कभित्र सिसी क्यामरा निगरानीसमेत छ । फोहोरमैला व्यवस्थापन र पार्क सुरक्षाका लागि न्यूनतम प्रवेश शुल्क तोकिएको छ ।
‘फोहोरमैला व्यवस्थापन कार्य कठिन मानिन्छ । डम्पिङ् साइडमा बस्न त के हेर्न पनि निकै समस्या हुन्छ । दुर्गन्धले सताउँछ तर त्यसको उचित व्यवस्थापन गर्न सकियो भने आम्दानीसहित सुन्दर व्यवस्थापन हुने रैछ नि’ महिला नेतृ इन्दिरा केसी भन्छिन् ।
फोहोरमैलाको उचित व्यवस्थापन गर्न सके दुर्गन्ध होइन सुन्दरतासहित आयआर्जन बढाउनुका साथै मन रमाउन सकिन्छ भनेर भीरकोट नगरपार्कबाट सिक्न सकिने स्थानीयहरु बताउँछन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१