शिविरमा ८३ जनाकोे स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७९
ANNAPURNA HOSPITAL NEWSf

पोखरा । अन्नपूर्ण बाल तथा महिला हस्पिटलमा स्वास्थ शिविर भएको छ । शिविरमा ज्ञानगंगा एकेडेमी, पोखरा–१४ का ६५ जना बालबालिका र १८ जना सर्वसाधारण गरी ८३ जना ले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा नवजात शिशु तथा बालरोग विशेष डा.राजन पौडेल, बालरोग विशेषज्ञ डा.विधान घिमिरेले चेकजाँच गरेका हुन् ।

ज्ञानगंगा एकेडेमीकी प्रअ शीला थापाले आफ्ना नानीबाबुलाई केही समस्या भए अभिभावक बेलैमा सचेत हुनुपर्ने बताइन् । उनले शिविर संचालन गरेकोमा अन्नपूर्ण अस्पतालप्रति आभार व्यक्त गरिन् ।

अस्पतालका निर्देशक सन्तोष पाण्डेले पोखराकै एकमात्र डिएम नवजात शिशु तथा बालरोग विशेष डा. राजन पौडेल सेवा प्रदान गरेको जानकारी दिंदै आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्दै जाने बताए । कार्यक्रममा ज्ञानगंगाका शिक्षक शिव गौतम, मैनी महर्जन, कल्पना गुरुङ, लक्ष्मी केसी तथा बालबालिकाका अभिभावकको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width