महानगरले खुलायो प्रहरी

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
pokhara-mahanagar-palika

पोखरा । पोखरा महानगरपालिकाले नगर प्रहरीमा भर्ना खुलाएको छ । महानगरले आइतबार सूचना जारी गर्दै ४८ पदमा नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

पोखरा महानगरपालिका नगरकार्यपालिकाको पदपूर्ति समितिको निर्णय अनुसार नगर प्रहरी जवान पदमा प्रतियोगीतात्मक परीक्षाद्वारा सेवा करारमा नयाँ भर्ना खुलाएको हो । सूचना अनुसार खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेसी ६, दलित ३ र पिछडिएको क्षेत्रबाट १ जना माग गरेको छ । यसका लागि चैत २७ गतेसम्म फर्म भर्ने अन्तिम मिति तोकिएको छ ।

नगर प्रहरी हुनका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेकोले फर्म भर्न सक्ने महानगरले जनाएको छ । नेपाल सरकार वा अन्य सुरक्षा निकायबाट निवृत्तहरुका हकमा ३७ वर्षसम्म उमेर हद तोकेको छ । कक्षा १० उत्तीर्णहरुले फर्म भर्न सकिने जानकारी गराउँदै सभागृहस्थित महानगरको दरखास्त संकलन केन्द्रमा फर्म बुझाउन सकिने सूचना जारी गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width