पोखरा । सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) मा वसन्त कुँवरलाई नियुक्त गरेको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी वसन्तबहादुर कुँवरलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक बन्नेछन्। प्रहरी महानिरीक्षकका पाँच प्रतिस्पर्धीमध्ये कुँवर वरियतामा पहिलो नम्बरमा थिए।
५ चैत २०५१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवर वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा हुँदा एक नम्बर वरियतामा बढुवा भए।
मन्त्रिपरिषद् बैठकले ६ चैतमा कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। १८ वैशाख २०७९ मा आइजिपी नियुक्त भएका धीरजप्रताप सिंह भोलिदेखि सेवानिवृत्त हुँदै छन्।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१