फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको निधन

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७९
late dambar gurung

स्व. डम्बरसिंह गुरुङ । तस्बिर सौजन्य–सुदर्शन रञ्जित

पोखरा । नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्बरसिं गुरुङको निधन भएको छ । पोखरा ४ निवासी गुरुङको ७२ वर्षको उमेरमा बुधबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

पछिल्लो समय उच्च रक्तचापबाट पीडित उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । बेलायती सेनामा कार्यरत रहँदा उनी नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउन्डमा कुवेतविरुद्ध फुटल खेलेका थिए ।

फुटबलमा उत्कृष्ट प्रदर्शन देखेर नै राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले सन् १९७४ मा उनलाई नेपाली राष्ट्रिय फुटबल टिममा समावेश गराएका थिए ।

सन् १९८२ को एसियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका गुरुङ आरसिटी क्लबमा पनि आवद्ध थिए । उनी एएफसीको आधिकारिक प्रतियोगिता यु–१६ एसियन युथमा समेत नेपाली राष्ट्रिय टिमको सदस्य थिए ।
नेपाली राष्ट्रिय युथ १७ फुटबल टिमको प्रशिक्षक समेत रहिसकेका गुरुङ बेलायती सेनाबाट सेवानिवृत्तपछि सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा र एपिएफ क्लबमा प्रशिक्षक थिए ।
उनका श्रीमती, १ छोरा र ३ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width