गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
Ramchandra-Paudel-1

काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्रो साझा प्रयत्न आवश्यक रहेको भन्दै संघले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार वेगर मुलुकको हित हुँदैन भन्दै संघीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पार्नुभएको थियो ।

संघका अध्यक्ष राजेन्द्रराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गर्नुभयो भने संघका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै