पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेश सभाले आगामी कार्यकालका लागि अमृत भट्टचनलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षका दाबेदार नवलपुरका भट्टचन र स्याङ्जाका शोभाकान्त पौडेल दुवैले नेतृत्वमा दाबी गरेपछि सहमतिमा गोलाप्रथा गरिएको थियो । जसमा भट्टचन विजयी भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका भट्टचन नवलपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।
१५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष (एसोसिएट) मा कास्कीका सूर्यबहादुर भुजेल र जिल्ला नगर उपाध्यक्षमा पर्वतका केदारनाथ शर्मा र कोषाध्यक्षमा नवराज सुवेदी सर्वसम्मत भए ।
सदस्यमा गोपी अधिकारी, हरिकुमार श्रेष्ठ, गुणराज सिलवाल, केदारप्रसाद पराजुली, दयाराम पौडेल, रामचन्द्र रेग्मी, सीता सुवेदी, हरि शर्मा गैरे, काशी गुरुङ, रामकली खड्का, झलकलाल श्रेष्ठ रहेको संघका कार्यालय प्रमुख निशान खनालले जानकारी दिए । तीमध्ये सीता, हरि, काशी, रामकली र झलकलाल मनोनीत हुन् ।
संघको सल्लाहकारमा श्रवणकुमार जोशी, लक्ष्मीप्रसाद त्रिपाठी, लीलाबहादुर अधिकारी, राजेश थापा, मोतीप्रसाद पौडेल चयन भए । कार्यकाल ३ वर्षको हुनेछ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१