पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायी सदस्यलाई सकारात्मक सोच सम्बन्धी तालिम दिएको छ । कार्यक्रममा एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले व्यवसायीहरुले कुनै पनि काम भोलि गरौंला भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
एसोसिएसनका उपाध्यक्ष इन्द्रराज अर्यालले व्यवसायी साथीहरूले तालिमपछि व्यवहारमा परिवर्तन ल्याउने अपेक्षा गर्दे तालिम उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताए ।
प्रशिक्षक भीमप्रसाद श्रेष्ठले सकारात्मक सोचले दिमागलाई आशावादी बनाउने र जीवनको उज्ज्वल पक्ष देखिने बताए । उनले व्यवसायी साथीहरुले सिकेका कुरा व्यवहारमा अभ्यास गर्दै गएमा जीवनमा सफल हुने बताए ।
एसोसिएसनका महासचिव बुद्विबहादुर कुँवरले सकारात्मक व्यक्ति जहिले पनि अधिक आनन्द, खुसी र तुलनात्मकरुपमा राम्रो र स्वस्थ्य हुने बताए । एसोसिएसनका सूचना, प्रविधि तथा सञ्चार समितिका सदस्य विष्णुप्रसाद अधिकारी क्यानडा प्रस्थान गर्न लागेकोमा एसोसिएसनले सोही अवसरमा बिदाइ गरेको छ ।
Related News
सम्बन्धित समाचार
संरक्षण थालिएको ताल नै सुकेपछि…
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१