संस्कार समाज नेपालद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
Samman Amrit

पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो ।

पोखरामा आयोजित कार्यक्रममा समाजसेवी हिमानी गुरूङ, चन्द्रावती गुरूङ र कवि अमृतलाई १० हजार राशिसहितको संस्कार–चिसकुमारी गुरूङ स्मृति समाजसेवा पुरस्कार–२०७९ प्रदान गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङले उनीहरुलाई सम्मान गर्दै संस्कार समाजको गतिविधि समाजका लागि अतिसान्दर्भिक रहेको बताइन् । सांसद गुरुङले गण्डकी प्रदेशमा समाजको अभियानलाई जोड्न आग्रह गर्दै प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्वतासमेत जनाइन् ।

संस्थाका अध्यक्ष पशुपति गुरूङले आचरण सुधार्ने अभियानमा सबैको साथ, सहयोग पाएकोप्रति खुसी ब्यक्त गर्दै अभियानमा जोडिन आग्रह गरे । समाजसेवी अगम गुरूङ, विष्णु गुरूङ र सुरज गुरूङले शुभकामना मन्तव्य दिएका थिए भने कवि मदन घिमिरेले संस्कारसँग सम्बन्धित कविता वाचन गरे ।

सचिव प्रकाश समीरले संचालन गरेको कार्यक्रममा आजीवन सदस्य फुर्वा मुक्तानले धन्यवाद ज्ञापन गरे । संस्थाका प्रमुख अभियन्ता तथा संस्थापक अध्यक्ष पशुपति गुरूङको सम्मानमा उनकै जन्मदिनमा वार्षिकोत्सव मनाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width