पोखरामा मनाइयो उपभोक्ता अधिकार दिवस

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७९
Upabhokta diwas lamjungs

पोखरा । पोखरामा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको आयोजना र उपभोक्ता मञ्च गण्डकीको संयोजन र समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले व्यवसायी नाफामुखी भइदिंदा उपभोक्ता ठगीमा गरेकोे बताए । आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने उनको भनाइ थियो । उनले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले उपभोक्तालाई सचेत गराउन आवश्यक रहेको बताए । उपभोक्ता जागरुक बनाउन पोखरा उद्योग वाणिज्य सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका कार्यालय प्रमुख शिवजी बराल, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला र उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले कार्यपत्र प्रस्तुत गरे ।

पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी निर्देशक प्रवीण ढकालले उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रमहरू गर्दै जाने बताए । १५ मार्च १९६२ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका ४ अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च १५ मा यो दिवस मनाउने गरिएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width