पोखरामा चितुवाको आक्रमणबाट २ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७९
380FEBA9-D48C-4356-A837-16E5A49C527D

पोखरा ।  पोखरा-१८ भकुण्डे स्थित ध्रुव थापा लगायत ७ जना व्यक्तिले सञ्चालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।

सोही फर्ममा काम गर्ने जिल्ला कास्की रुपा गाउंपालिका ४ बस्ने वर्ष २८ को श्रीकृष्ण मल्ल ठकुरीलाई चितुवाले आक्रमण गरि सामान्य घाइते बनाएकोमा स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

उक्त फर्ममा २ वटा कालिज समेत मरेको , चितुवा फर्मवाट बाहिर निस्कने क्रममा  ३२ वर्षे राजेश तिमिल्सिनालाई समेत आक्रमण गर्दा घाइते भई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको छ ।

घाइतेको अवस्था सामान्य रहेको गाला र दाहिने आंखामा सामान्य कोतारिएको वडा प्रहरी कार्यालय वैदाम प्रमुख वेद डिएसपी वेद जोशीले बताए ।

 स्थानीय मानिस, प्रहरी र बन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला पारि वन कार्यालयको जिम्मा लगाइएको छ ।

घटनास्थलमा वैदाम प्रहरीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक ज्ञानबहादुर क्षेत्रीको कमाण्डमा ७ जना टोली खटी गएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width