मैत्रीपूर्ण भलिबलमा सिर्जनशील विजयी

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७९
sirjanshil

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र नेपाली लेखक संघ कास्कीबीच मैत्रीपूर्ण भलिबल खेलमा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान विजयी भएको छ ।

शनिबार कन्या क्याम्पस नदीपुरको खेल मैदानमा भएको प्रतियोगितामा सिर्जनशील २५–१६, २५–२० र २५–१५ को सोझो सेटमा विजयी भएको हो ।

विजयी टिममा संयोजक डा. भूमिराज बस्ताकोटीसहित केशवशरण पराजुली, भूमिराज पण्डित, गोविन्द घिमिरे, डिल्लीराम पौडेल, पुष्प कोइराला, श्रीधर न्यौपाने, डा. जगन्नाथ रेग्मी र दीनानाथ अधिकारी थिए ।

नेपाली लेखक संघमा टिममा संयोजक अमृत क्षत्रीसहित डा. ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, प्रमोद पाण्डे, आशीष ढुंगाना, प्राञ्जल, श्रीराम अधिकारी, रमेश थापा, गणेश शर्मा, सञ्जीव पौडेल र बाबुराम चालिसे थिए ।

रेफ्रीमा दुर्गाराज रेग्मी र अम्पायर शंकर सापकोटा थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width