फ्लोफ्लो कपमा ४ खेल

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७९
Ganni fc

पोखरा । गन्नी एफसी फुटबल क्लबद्वारा आयोजित प्रथम फ्लो फ्लो कप सेभेन ए साइड खुला फुटबल प्रतियोगिता जारी छ । मंगलबार दोस्रो दिन ढुुंगेसाँघुु फुटबल क्लबले सिङदीलाई १–० अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा ढुुंगेसाँघुका जय गुरुङले निर्णयक गोल गरे ।

पोखरा १३ माछापोखरीमा आयोजित दोस्रो दिनको खेलमा कमलपोखरीले पोखरा पसगाउँलाई ३–० सोझो सेटमा पराजित गरेको छ । जीतमा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भए ।

तेस्रो खेलमा हाम्रो एफसीलाई कृस्ती एफसीले २–१ अन्तरले हरायो । कृस्ती एफसीका योगेश क्षत्री र मनोज गुरुङले समान १ गोल गरे । हाम्रो एफसीका अनिश श्रेष्ठले सान्त्वना गोल गरे ।

अन्तिम खेलमा गन्नी ब्लुले निकुु एफसीलाई ७–२ अन्तरले पराजित गरेको छ । गन्नीबाट गनेश क्षत्री (गन्नी) ले ६ र हेमन्त तामाङले १ गोल गर्न सफल रहे ।

विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित २ लाख प्रदान गरिनेछ । उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।

उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार र ट्रफी प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width