हाम्रा राजनीतिक दलका नेताहरु के–कति सुझबुझ राख्छन्, के कति दूरदृष्टिका छन्, भागबण्डा भनेपछि के–कसरी हुरुक्क हुन्छन् र वचनका के कति पक्का छन् भन्ने कुरा यस पटकको राजनीतिक घटनाक्रमले प्रष्ट देखाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुन नपाउने भएँ भनेर कांग्रेससँग रुष्ट भई एमाले अध्यक्ष केपी ओलीसँग सहयोग माग्न पुगे । उनीहरुले सत्ता गठबन्धनको नयाँ समीकरण बनाए । यसमा अरु पार्टीहरुलाई पनि सामेल गरे । उनीहरुले भागबण्डाको सहमति गरे । पहिलो पटक प्रधानमन्त्रीको पदमा दाहाल आसीन हुने, दोस्रो पटक ओली हुने र एमालेले राष्ट्रपतिको पद लिने सहज सहमति भयो । तिनीहरुको त्यो सहमति हुनासाथ कांग्रेस पानीबिनाको माछा झैं भयो । छटपटाइरह्यो । त्यसै क्रममा प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने बेलामा कांग्रेसले प्रतिपक्षीको सिटमा बसेरै अप्रत्यासित रुपले विश्वासको मत दियो । खैलाबैला मच्चियो । जसको परिणाम प्रधानमन्त्री दाहालले राष्ट्रपतिको चुनाव राष्ट्रिय सहमतिको आधारमा गर्ने नयाँ विचार ल्याए । त्यो विचारले एमाले झस्कियो । राष्ट्रिय सहमतिभन्दा भन्दै माओवादी फेरि कांग्रेसतिर नजिकियो र पुरानो सत्ता गठबन्धन ब्युतियो । एमाले हिस्सियो ।
प्रधानमन्त्री दाहालको राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउने खेलमा धेरै खेलाडीहरु देखा परे । प्रधानमन्त्रीको स्वभावअनुसार उनले धेरैलाई राष्ट्रपतिको पदमा लोभ्याए भने ओलीले पनि अनेक दाउपेच खेले । यतिसम्म कि उनले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाललाई समेत खेलको मैदानमा उतारे । उनको पार्टीले समेत समर्थनका लागि अभियान चलाए । प्रधानमन्त्रीको आश्वासन पाएपछि उनी आफ्नो ठाउँमा आए र पुरानो गठबन्धन सम्भव हुन गएको हो ।
नेपाली राजनीतिमा सत्ताको समीकरण फेरिएको यो पहिलो पटक होइन, यसअघि पनि नेताहरुले गठबन्धन गर्ने र तोड्ने काम गर्दै आएका छन् । तर यसपटक दुई महिनामा गठबन्धन टुट्यो । यो गठबन्धन तोडिएपछि एमालेका नेताहरुले अन्धकारै अन्धकार देख्न थालेका छन् भने कांग्रेसले पूर्वको क्षितिजमा उज्यालो देख्न थालेका छन् । त्यसरी देख्नु नेताहरुको स्वभाव हो । यस्तो प्रवृत्तिले नेताहरुबीच विश्वासको संकट पैदा गरिदिन्छ । अन्योल बढाउँछ । देशलाई अन्योल अनिश्चय र अन्धकारको भूमरीमा लैजानु कदापि उचित होइन । नेताहरुको यो दाउपेच र धोखाधडीको खेलले देश धेरै बर्बाद भएको छ । नेताहरुले यो कुरालाई छिटो महसुस गर्नु पर्दछ र तल्लोस्तरमा आएर लुछाचुडी गर्ने परिपाटी परित्याग गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१