पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो खुला आर्चरी प्रतियोगितमा रिकर्भ खुला पुरुष प्रतिष्पर्धामा बागलुङका दुर्गा घर्तीमगर प्रथम भएका छन् । भेट्रान्सतर्फ म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भए ।
पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा शनिबार दुर्गाले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६—० अंकले पराजित गरी प्रथम स्थान हासिल गरेका हुन् । यस्तै, कास्कीमा सुमन गुरुङले ६–४ को अंकमा कास्कीकै अशिम शेरचनलाई हराउँदै तेस्रो स्थान भेटाए ।
रिकर्भ खुला महिलातर्फ कास्कीकी केशरीमाया आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७—३ अंकमा पराजित गर्दै उपाधि जितिन् । यस्तै, रोजिना थापाले विष्णुमाया लिम्बुलाई ६—४ अंकले पराजित गर्दै तेस्रो भइन् । दुवै कास्कीका हुन् ।
पुरुष स्टान्डर्डतर्फ बागलुङका हिक्मत पुरीले कास्कीका कुमार पुर्जालाई ६—२ अंकमा पराजित गरी उपाधि जिते । बागलुङका मुकेश रोकामगरले रेशम पुर्जा पुनलाई ७—५ मा हराउँदै तेस्रो भए ।
रिकर्भ ओपन पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाए । सोही इभेन्टका महिलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाए । स्टान्डर्ड पुरुषतर्फ क्रमशः २०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी बागलुङ र कास्कीका गरी ८९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए
भेट्रान्सतर्फ शुक्रबार नै म्याग्दीका जयप्रकाश छन्त्यालले ८ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा कास्कीका हिरामान लालचन दोस्रो र म्याग्दीका भीमेन्द्रमान पुन तेस्रो भएका छन् । सो इभेन्टमा ८७ वर्षीय मीनबहादुर शेरचन र ६९ वर्षीय हरिध्वज तुलाचनले समेत भाग लिएका थिए । भेट्रान्स पुरुषतर्फ प्रथमले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, संस्थापक अध्यक्ष हरिधोज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, पूर्व अध्यक्ष वसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लब कास्की पूर्व अध्यक्ष मीनबहादुर शेरचन लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी बागलुङ र कास्कीका गरी ८९ जना खेलाडीहरुको सहभागिता थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजन, नेपाल आर्चरी संघको समन्वय र अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको सहआयोजक कास्की जिल्ला आर्चरी संघ हो ।
मुख्य आर्थिक सहयोगी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र पोखरा महानगरपालिका थिए । रिकर्भ ओपनतर्फ ७० मिटर र स्टान्डर्डतर्फ ३० मिटर दुरीमा खेल भएको हो । २ दिनसम्म चलेको प्रतियोगिताको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए ।
सो क्रममा उनले हरेक कुरा सफल हुन शारीरिक रूपमा स्वस्थ हुन आवश्यक भएको बताएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरूङ, परिषदका कावा सदस्यसचिव घनश्याम पौडेल, संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा खेलाडीहरुको साथमा सांसदहरु प्रकाश बराल र विकल शेरचनलाई समेत सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१