पोखरा । सामाजिक एवं धार्मिक व्यक्तित्व वेदनिधि शर्मा अधिकारी सम्वद्ध अभिनन्दन ग्रन्थ बिहीबार पोखरामा लोकार्पण गरिएको छ ।
शर्माको सहस्रचन्द्र दर्शनोत्सव २०७९ अवसरमा प्रकाशित कृतिको विश्व हिन्दू महासंघ नेपालका राष्ट्रिय अध्यक्ष डा.रामचन्द्र अधिकारीले लोकार्पण गरे । सो अवसरमा अधिकारीले शर्मालाई महासंघका तर्फबाट अभिनन्दन पनि गरे ।
पिता गजाधर शर्मा अधिकारी र माता सावित्रीदेवी अधिकारीको सुपत्रको रुपमा १९९६ सालमा कास्कीको कास्कीकोट जन्मिएका शर्मा हाल पोखराको जिरो किमी बस्दै आएका छन् । सनातन हिन्दु धर्मको संरक्षण, सम्वद्र्धन, समाज र राष्ट्र सेवाको क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको तर्फबाट अभिनन्दन गरिएको हो । ब्राम्हण समाज र मातृशक्ति परिचालन समितितर्फबाट पनि शर्मासहित पत्नी हरिकलालाई सो अवसरमा सम्मान गरियो ।
महासंघका राष्ट्रिय अध्यक्ष अधिकारीले अभिनन्दित व्यक्तित्व शर्माले समाज सेवा, शैक्षिक विकास र धार्मिक क्षेत्रको उन्नयनमा पु¥याएको योगदान सराहनीय भएको बताए । माटो र राष्ट्रियताको संरक्षण सनातन धर्मले मात्र गर्न सक्ने भनाइ पनि उनले सो अवसरमा राखे ।
गण्डकी प्रदेशसभा सदस्य बिन्दु अधिकारी पहाडीले राष्ट्र र राष्ट्रियताको संरक्षण र सम्वद्र्धनमा नेपाल हिन्दू राष्ट्र हुन जरुरी भएको बताइन् । उनले मानव जीवन सुखमय हुन साकाहारी जीवन अँगाल्न सुझाव दिइन् ।
कृृति सम्पादक एवं महासंघका सल्लाहकार रवीन्द्र माकाजूले अभिनन्दित व्यक्तित्व शर्माले धार्मिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदान साथै उनको त्याग र निष्ठाका कारण यो सम्मान पाएको बताए । महासंघको गण्डकी प्रदेश समिति अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा ब्राम्हण समाजका केन्द्रीय अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले पनि भनाइ राखेका थिए । महासंघले प्रकाशन गरेको कृतिका प्रधानसम्पादक पनि उनै प्राडा अधिकारी छन् ।
कार्यक्रममा स्वागत विश्व हिन्दु महासंघ कास्की जिल्ला अध्यक्ष जगन्नाथ कोइराला र संचालन मातृशक्ति परिचालन गण्डकी प्रदेश अध्यक्ष एवं विश्व हिन्दु महासंघ कास्कीको निवर्तमान अध्यक्ष पार्वता पौडेलले गरेकी थिइन् । सो अवसरमा महासंघको आजीवन सदस्यता पनि वितरण गरिएको थियो ।
विश्व हिन्दु पोखरा महानगरमा गोपाल
विश्व हिन्दु महासंघ पोखरा महानगर कमिटीमा गोपालबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । बिहीबार सम्पन्न अधिवेशनले समिति उपाध्यक्षत्रयमा सीतादेवी अधिकारी, गणेश पौडेल, बलराम पोख्रेल, महासचिव सकुन पौडेल, कोषाध्यक्ष इन्दिरा अधिकारी, सचिव कमला भण्डारी, पदमलाल तिमिल्सेना, शिव वराललाई चयन गरेको छ । सदस्यमा जमुना भण्डारी, कृपा बराल, लक्ष्मी शर्मा, कुलबहादुर सेन, धनपति बराल, सूचना खनाल, कृष्णकुमारी कुँवर छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१