हेमजा युनाइटेडमा राजेश

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
hemja united progrem photo

हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिमा भेषराज बास्तोला उपाध्यक्ष, सुनिल गायक सचिव, महोदत्त पौडेल (मणि) कोषाध्यक्ष र विनिता सापकोटा सहसचिवको जिम्मेवारीमा छन् । सदस्य भेगबहादुर सापकोटा(गौतम), विष्णु कुँवर, अर्जुन बास्तोला, राजु सापकोटा (रामबहादुर), उमा भुजेल पौडेल तथा वसन्ती पौडेल चयन भए । रिक्त ४ सदस्य पछि थप गरिने छ ।

विष्णुपादुका माविका प्रअ दीपकराज पौडेल संयोजक तथा वडासचिव ईश्वरीप्रसाद बास्तोला र पूर्व वडा सदस्य जीतबहादुर कार्की सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

यसअघि अधिवेशन उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले खेलमार्फत हेमजालाई चिनाउन युनाइटेडको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

उनले गौरीशंकर खेलमैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माण भइरहेको जनाउँदै खेलमैदान स्तरउन्नतिमा लागि महानगर तयार रहेको स्पष्ट पारे ।

त्यस अवसरमा एन्फा कास्की उपाध्यक्ष जगतबहादुर थापा, सल्लाहकार डबलबहादुर कुँवर, सुधीरजंग थापा लगायतले पनि धारणा राखे । त्यस्तै महत्वपूर्ण सहयोग गरेकोमा सुधीरजंग थापा, सौरभजंग कार्की, शेषमणि त्रिपाठी, विष्णु कुँवर, गौतम सापकोटा र तीर्थराज देवकोटालाई सम्मान पनि गरियो ।

युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेश त्रिपाठीले स्वागत र सचिव सुनिल गायकले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width