पोखरा । बागलुङ–पोखरा मगर समाजले गण्डकी प्रदेशसभाकी नवनिर्वाचित उपसभामुखदेखि नेपाल सरकारका उपसचिवसम्मलाई शनिबार सम्मान गरेको छ ।
समाजले माघेसंक्रान्ति सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उपसभामुख विनाकुमारी थापामगर, गण्डकी प्रदेशसभाका सदस्यहरू दीपेन्द्रबहादुर थापामगर र कुसुम बुढामगर तथा गण्डकी प्रदेशका सहकारी रजिस्ट्रार, नेपाल सरकारका उपसचिव रमेश घर्तीमगरलाई सम्मान गरेको हो ।
कार्यक्रममा समाजले कक्षा १२ उत्तीर्ण मगर विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो । सम्मानित व्यक्तित्वलाई सम्मान गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवं संविधानसभा सदस्य गोकुल घर्तीमगरले मगर जातिको भाषा, संस्कृति र भेषभूषा जोगाउन युवा पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए ।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले आफ्नै जिल्लाबासीको समाजमा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै सम्मानले समाज र देशप्रति जिम्मेवार भएर काम गर्न हौसला मिलेको उल्लेख गरिन् । त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापामगरले जो जहाँ रहे पनि एक भएर अघि बढे मात्रै मगर समुदायको अधिकार स्थापित गर्न सकिने भन्दै भाषा, संस्कृति र भेषभूषा संरक्षण अहिलेको सर्वाधिक चासोको विषय भएको धारणा व्यक्त गर्नुभयो । अर्की गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढामगरले आफूले मगर समुदायको मुक्तिको लागि लामो संघर्ष गरेर आएको भन्दै अब नीति निर्माण तहबाट मगर समुदायलगायत उत्पीडित वर्ग, समुदायको लागि काम गर्ने प्रतिबद्धता जनाइन् ।
उक्त अवसरमा नेपाल मगर संघका उपमहासचिव खेम पुनमगर, गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीमगर, नेपाल मगर संघका केन्द्रीय सदस्य हर्क आलेमगर, बागलुङ समाज पोखराका अध्यक्ष डिल्लीप्रसाद शर्माले पनि शुभकामना मन्तव्य व्यक्त गरे । समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुमे चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगरले पनि बोलेका थिए । कार्यक्रममा बागलुङ घुम्टे मगर समाज, पोखराको तर्फबाट सोरठी नृत्य प्रस्तुत गरिएको थियो भने नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी सचिव एवं चर्चित लोक तथा दोहोरी गायिका वसन्ती थापामगर, गायक रामचन्द्र थापामगर र सञ्जय पुनमगरले सांगीतिक प्रस्तुति राखेका थिए । त्यसैगरी, कलाकारहरू बलबहादुर श्रीसमगर, सविना घर्तीमगर र विनिषा श्रीसमगरले नृत्य प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१