पुस्तक तथा स्टेशनरीमा कवीन्द्र

आदर्श समाज सम्वाददाता
पौष २६, २०७९
pustak

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको २९ औं साधारण सभा तथा ११औं अधिवेशनले कवीन्द्र पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्वितीय उपाध्यक्ष ध्रुव पोखरेल, सचिव सञ्जय आचार्य, सहसचिव रामप्रसाद सुृवेदी र कोषाध्यक्ष सूर्यमोहन आचार्य निर्वाचित भए ।

सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टीकाराम अधिकारी, प्रकाशप्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, शकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी छन् ।

यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सभा उद्घाटन गर्दै मानव सभ्यता संस्कारको बुद्धिलाई निखार्दै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताए ।

संस्थाका अध्यक्ष बैकुण्ठप्रसाद पौडेलले आफ्नो कार्यमाल सहयोग गर्नेप्रति धन्यवाद दिए ।

सो अवसरमा उत्कृट ३ व्यवसायी ऋषिराम शर्मा भण्डारी, कमला सुवेदी र भोलानाथ अधिकारीसहित पत्रकार राजु गिरीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width