३० औं त्रिवेणी फुटबल कप : बागमती युथ क्लब र रोड्स रामपुर विजयी

आदर्श समाज सम्वाददाता
पौष १७, २०७९
trivani cup

लमजुङ । ३० औं त्रिवेणी फुटबल कप प्रतियोगिताको शनिबार क्वाटरफाइनलका २ खेल भएका छन् । जसमा बागमती युथ क्लब सर्लाही र रोड्स रामपुरले खेल जिते ।

टोखा भगवती काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै बागमती युथ क्लब विजयी भएको हो । निकै प्रतिस्र्धात्मक सो खेलको निर्धारित समयका कुनै पक्षबाट पनि गोल हुन सकेन । अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा टुंगिएपछि निर्णयार्थ टाइब्रेकरमा धकेलिएको हो । त्यसमा टोखा भगवतीका युक्रेन शेर्पा, रजत तिवारी, दीपेश गुरुङ, बिलेले गोल हान्न सफल भए तर इन्सान र साजनले गोल गर्न सकेनन् ।

वाग्ममतीका लागि देवा गुरुङ, अमर श्रेष्ठ, दीपेश चाम्लिङ राई, अनिल राना, सुमन चाम्लिङ राईले गोल हान्न सफल रहे सो टिमका अभिनाश स्याङ्ताङले गोल गर्न सकेनन् ।

म्यान अफ द म्याच बागमती युथ क्लब सर्लाहीका आयुष राना भए । उनलाई २ हजार ५ सय रुपैयाँसहित एमओएम ट्रफी दिइएको छ ।

दोस्रो खेलमा रोड्स रामपुरविरुद्ध वीरगन्ज युनाइटेडबीचमा भएको थियो । जसमा रामपुर २–० ले विजयी भयो । रामपुरका सुरेश कुमाल म्यान अफ दि म्याच बन्दै नगद २ दुई हजार ५ सय हात पारे ।

सोमबार डिफेन्डिङ च्याम्पियन बिबाइसीले सेमिफाइनलका लागि सामना एफसीसँग र समाज कल्याणले नखीपोटको सामना गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width