पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ नारासहित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीले १७ औं प्याब्सन स्पोर्टस मिट आयोजना गर्ने भएको छ ।
मंसिर २५ देखि २९ सम्म हुने प्याब्सन स्पोर्टस् मिटअन्तर्गत ९० बढी निजी विद्यालयका ७ हजार बढी विद्यार्थीले विभिन्न विधाका प्रतियोगितामा प्रतिपस्र्धा गर्ने छन् । जसमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच विभिन्न प्रतियोगिता हुने छन् ।
छात्र सिनियर तथा जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा टेबलटेनिस, छात्रछात्रा एथलेटिक्स आयोजना हुने प्यावसन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिए ।
११ हजार बढी अभिभावक तथा दर्शकले प्रतियोगिता अवलोकन गर्ने प्याब्सनले जनाएको छ । २ वर्ष कोरोना भाइरसका कारण प्रतियोगिता रोकिएको थियो ।
पोखरा रंगशालामा मंसिर २० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्पोर्टस् मिट उद्घाटन गर्ने प्याब्सन कास्की पौडेलले जानकारी दिए । जुनियर फुटबलतर्फ ५६ टिम, सिनियर फुटबलतर्फ ६९, भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेबुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेबुलटेनिस छात्र डबल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता हुनेछ ।
त्यसैगरी, ट्रायक एन्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्ट्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिता संयोजक तथा प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिइन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिबलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।
प्रतियोगितामा करिब ५० लाख खर्च हुने अनुमान रहेको आयोजकले जनायो । मंसिर २० बाट अनौपचारिकरुपमा सिनियर तथा जुनियरतर्फका फुटबल प्रतियोगिता आयोजना हुने छन् । फुटबल प्रतियोगिता हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदीप बोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कुलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१