एनप्याब्सनको खेलकुद महोत्सव उद्घाटन आज

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७९
npabson

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कास्की आयोजनामा खेलकुद महोत्सवअन्तर्गत सोमबार सिनियर फुटबलतर्फ ५ र जुनियर छात्रतर्फ सेभेन ए साइड फुटबल प्रतियोगिता भएको छ । जसमा प्रिक्वाटरफाइनलतर्फ ९ खेल भएको खेल संयोजक राजु केसीले बताए ।

प्रतियोगितामा वीरेन्द्र मेमोरियलले पुष्प सदनलाई, नेश्नल क्रियसनले सिद्धि विनायकलाई, चिल्ड्रेन एकेडेमीले ज्ञानज्योतलाई, राइजिङ स्टार एकेडेमीले साइनिङ स्टार एकेडेमी र लिटिल फ्लावरले न्यु लेखनाथ स्कुललाई पराजित गरेका छन् ।

जुनियर छात्रतर्फ सेभेन ए साइड फुटबलमा हेमजा बोर्डिङले न्यु ग्यालेक्सीलाई, नेश्नल क्रियसनले बागमारा स्कुललाई, गण्डकी एकेडेमीले लिटिल फ्लावरलाई, गोर्खा बोर्डिङले पुष्प सदनलाई पराजित ग¥यो । एलपी देवकोटा मेमोरियलले इम्यानुअल स्कुललाई, भूनिभर्सल स्कुलले न्यु लेखनाथलाई, कास्की मोडनाइजले त्रिवेणी पब्लिकलाई र साइनिङ स्टारले अक्सफोर्ड स्कुललाई पराजित गरेका छन् ।

शनिबारदेखि सुरु खेलकुद महोत्सवको औपचारिक उद्घाटन मंगलबार पोखरा रंगशालामा हुनेछ । एन–प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीका अनुसार मार्चपास सहित विभिन्न सांस्कृतिक कार्यक्रम साथमा झाँकी समेत प्रदर्शन हुनेछ ।

प्रतियोगितामा छात्र सिनियरतर्फ ३७ र जुनियर छात्रतर्फ सेभेन ए साइड फुटबलमा ३३ टिमको सहभागिता रहेको छ । मंसिर २३ सम्म चल्ने महोत्सवमा एन–प्याब्सनमा आबद्ध ४६ विद्यालयका करिब ७ हजार खेलाडी सहभागी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width