आमा समूहद्वारा अक्षयकोषमा सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७९
kolpatan

पोखरा । कोलपाटन आमा समूह, पोखरा–१५ ले सिद्ध मावि अक्षयकोषमा ३० हजार सहयोग गरेको छ ।

तिहार अवसरमा देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको समूह अध्यक्ष सावित्री पौडेलले बताइन् । पौडेलले आफूहरुले एकएक गरी जम्मा गरेको रकम शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आमा समूहले अर्काे वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा ५० हजार पु¥याउने लक्ष्य रहेको बताइन् ।

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले कोलपाटन आमा समूहलाई धन्यवाद दिंदै शिक्षा क्षेत्रमा गरेको लगानी र सहयोग कहिल्यै खेर नजाने बताए । उनले अक्षयकोषको स्थापनाले विद्यालयको आर्थिक पाटो मजबुद हुँदै गएकोले अब विद्यालय सुधारका लागि वडा, विद्यालय प्रशासन, स्थानीय तथा सरोकारवालाहरु मिलेर लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले अक्षयकोष दाता समूहलाई धन्यवाद दिंदै सहयोग रकम विद्यालयले उचित समयमा उचित प्रयोजनका लागि प्रयोग गर्ने र अक्षयकोषको रकम सदुपयोग गरिने प्रतिज्ञा व्यक्त गरे ।

विद्यालय प्रअ गुरुदत्त कोइरालाले २०७५ मा स्थापित अक्षयकोषमा हालसम्म ४५ लाख रकम जम्मा भएको र अक्षयकोष स्थापनाको औचित्यका बारेमा प्रष्ट पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width