हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७९
sancharika f

पोखरा । हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनि नेपालको सहकार्यमा अन्तक्र्रिया गरिएको हो । ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसाविरुद्धको अभियान’ १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत लैंगिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र नाइँ भनेर प्रतिकार गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा मनोसामाजिक असरको विषयमा आफ्नो प्रस्तुति राख्दै अन्तरध्वनि नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताइन् ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुँदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताए । उनले हरेक घरमा हिंसा हुने भएकोले परिवर्तनको लागि आफ्नै घरबाट सुरुआत गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिनाले आवाजविहीनहरुको आवाज उठाउने महिला पत्रकारहरु पनि हिंसामा पर्ने गरेको बताइन् । ८८ प्रतिशत पत्रकार महिलालाई अनलाइनबाट हिंसा हुने गरेको उनले उल्लेख गरिन् । अझै पनि लैंगिक समानतामूलक समाजका लागि हाम्रो आन्दोलन नसकिएकाले अब जुझारु रुपमा लाग्नुपर्ने उनको भनाइ थियो । छोरीलाई शिक्षा दिएर सक्षम बनाउन सक्यौ भने हिंसा कम गर्न मद्धत पुग्नेमा उहाँको जोड थियो ।

सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ष्ठले कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै अब हामी हिंसा नसहने र हिंसा गरेको टुलुटुलु हरेर पनि नस्बने बताइन् । उनले अब महिला हिंसाको प्रतिकार गर्न सक्षम रहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा नर्सिंग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, दलित महिला संघ कास्कीका प्रमुख ईश्वर विक, नेपाल टेलिभजनका पोखराका संवाददाता पत्रकार पुरुषोत्तम शर्मा, नेस्डो गण्डकीका सूर्यप्रसाद भट्टराईलगायतले बोलेका थिए ।

सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारीले र सञ्चालन सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width