पोखरा । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवस अवसरमा मंसिर २४ र २५ गते अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा महोत्सव हुने मंगलबार पत्रकार सम्मेलनमा मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।
महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायत विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने
‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत् छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’
महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिनेछ । साथै धनुषवाण (आर्चरी), छेलोलगायत पनि हुनेछ । ‘महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछ,’ पाण्डेले भने ।
यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यकमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया हुने पाण्डेले बताए । पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा बहससमेत गरिनेछ ।
संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक दिनेश सिन्दुकरले पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्र प्रदर्शनी र वाल क्लाइबिङ लगायत कार्यक्रम हुने बताए ।
निर्देशक दिनेशका अनुसार यसपटक महोत्सवमा स्थानीलाई नै जिम्मेवारी दिएर अपनत्वबोध बनाउन खोजिएको छ । ‘पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्छौं । जुन बजारमा आएको छैन,’ उनले भने, ‘प्रचार नभएका बस्तु स्टलमा राख्दा दर्शकले जानकारी पाउनुहुन्छ र बिक्री वितरण र उत्पादनमा सहयोग गर्छ ।’
मंसिर २४ र २५ मा हुने महोत्सवमा पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल राखिने
महोत्सव सहसंयोजकमा संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र सदस्य सचिवमा निर्मला न्यौपाने छन् ।
मूलआयोजक समिति सदस्य सचिव न्यौपानेले महोत्सवले जनमानसमा पर्वतारोहण पर्यटनसम्बन्धी चेतना अभिवृद्धि गराउन मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । संघ सल्लाहकार गणेश गुरुङले महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा बौद्धिक बहसमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
महोत्सव मूल आयोजक समिति सदस्य तथा पोखरा पर्यटक परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पर्यटकको संख्या बढाउन पनि महोत्सवले भूमिका खेल्ने बताए । ‘तीन वर्षमा हामीले पर्यटन कसरी डबल बनाउन सकिन्छ भन्ने विषयमा पनि बहसमूलक कार्यक्रम संचालन हुँदैछ,’ उनले भने, ‘यस्ता महोत्सव पोखराकै गहनाका रुपमा लिनुपर्छ ।’
अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ ।
महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा धनुषवाण (आर्चरी), छेलोलगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यकमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा पनि बहस पनि गरिनेछ । महोत्सवमा प्रवेश निशुल्क छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१