विद्यार्थीलाई न्यानो कपडा

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७९
kapada

नवलपुर । हुप्सेकोट गाउँपालिका ४ झाँतेमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन थापा बयम्बुले नवस्मृति प्राविका ३९ जना बालबालिकालाई स्विटर वितरण गरेको हो ।

रचित मल्ल ठकुरीको स्मृतिमा बुबा महादेव मल्ल र आमा दीपा मल्लको आर्थिक सहयोगमा कपडा वितरण गरिएको अभियन्ता थापाले जानकारी दिए । न्युन आयस्रोत भएका परिवारका बालबालिकालाई विद्यालयसम्म पुग्नै पनि कठिन हुने भन्दै राहत पुर्‍याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको समाजसेवी महादेव मल्लले जानकरी दिए । आफू पनि दुखमै हुर्किएको बताउँदै मल्लले स्वर्गीय छोरा रचित मल्लको सम्झनामा सहयोग गर्न पाउँदा केही खुसी अनुभूति भएको बताए ।

बालबालिकालाई यसरी सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर गाहा र प्रअ दानबहादुर रानाले धन्यवाद प्रकट गरे । शिक्षक बिन्दु अर्यालले संचालन गरेको कार्यक्रममा स्वागत रीता चापगाईंले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width