तालचोक बजार व्यवस्थापन समितिमा सुजन

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७९
Talchowk

लेखनाथ । तालचोक बजार व्यवस्थापन समितिको अध्यक्ष सुजन न्यौपाने निर्वाचित भएका छन् । समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष बलराम बराल, उपाध्यक्ष विजय न्यौपाने, सचिव सन्दीप पौडेल, कोषाध्यक्ष शंकर पौडेल चयन भए । सदस्यहरु विश्वराज तिवारी, सुनिता पौडेल र ईश्वरीप्रसाद सापकोटा छन् । अन्य सदस्यहरु कार्यसमितिले पछि चयन गर्नेछ ।

कार्यक्रममा लेकसिटी युथ क्लबका संस्थापक अध्यक्ष सुरजजंग राणा, अध्यक्ष अर्जुन भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव राजु सुवेदी, तालचोक बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ऋषिराम भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष नगेन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्धिप्रसाद बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width