एमालेबाट गण्डकीमा मुख्यमन्त्रीका दाबेदार खगराज विजयी

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७९
khagaraj

पोखरा ।  कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् ।

अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी भए ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत पाए । केन्द्रमा २ पटक मन्त्री भइसकेका अधिकारी एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

कोइराला गण्डकी प्रदेश सभाका निवर्तमान सांसद हुन् ।

अधिकारीको जीतसँगै एमालेले गण्डकीमा ११ सिट ल्याएको छ । अघिल्लो स‌ंसदमा एमालेका १७ सांसद प्रत्यक्ष निर्वाचित भएका थिए ।

अब प्रदेश सभाका ३६ मध्ये ३ सिटको मात्र परिणाम आउन बाँकी छ । हालसम्म नतिजा आएकामा कांग्रेसले १६ र माओवादीले ५ ठाउँमा जित्दा स्वतन्त्र एकजनाले जितेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width