पोखरा म्याराथन तयारीमा जुट्यो भूतपूर्व खेलाडी मञ्च

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७९
marathan

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालिसँग छलफल गरेको छ । पोखरा म्याराथन सफल बनाउन प्रचारप्रसारसँगै व्यवस्थापन पक्षलाई चुस्त बनाउन जोड दिइएको छ । यस वर्ष आगामी फागुन ६ गते पोखरा म्याराथन हुँदैछ ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार विगतका केही संस्करण कोभिड १९ का कारण फरक–फरक मितिमा आयोजना हुँदै आएको पोखरा म्याराथनका सम्पूर्ण इभेन्ट यसपालि एकै पटक हुने जानकारी दिए । उनका अनुसार म्याराथनसहित ६ वटा इभेन्ट हुनेछन् ।

पोखरा म्याराथन रुटलाई अन्तर्राष्ट्रिय एथलेटिक्सको छाता संस्था (एम्स) ले प्रमाणित गरिसकेको जानकारी दिंदै उनले योसँगै पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चर्चा पाएको बताए ।
छलफलमा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष खेम गुरुङ, कोषाध्यक्ष

महेश पौडेल, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ र मुख्य प्रायोजन सुजल डेरी प्रालिका ब्राण्ड म्यानेजर रोविन काफ्ले, मार्केटिङ म्यानेजर विकास कार्की, सुरो एड्भटाइजिङका कार्यकारी निर्देशक सिदिप रेग्मी र रोशन रावतको सहभागिता थियो । यसपालि पुरस्कार राशि समेत वृद्धि गरिने आयोजकको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width