पोखरा । कास्की मोडनाइज्ड एकेडमीले शुक्रबार विद्यालयमा अन्तर सदनात्मक बास्केटबल प्रतियोगिता गरेको छ ।
कास्की मोडनाइज्ड एकेडमीले आफ्ना विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप, सास्कृतिक कार्यक्रम तथा खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आएकामा शुक्रबार विद्यालयको प्रांगणमा छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा छात्रतर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय, त्यसैगरी छात्रातर्फ सेतो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । ४/४ टिमको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले गरे । उनले वर्तमान परिवेशमा खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउन सकेकोले राम्रो खेल खेल्ने विद्यार्थीहरुको भविष्य समेत खेलबाट नै सुनिश्चित हुने बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य मोचीले अतिरिक्त क्रियाकलाप प्रमुख ईश्वर आलेलाई बास्केटबल हस्तान्तरण गरी खेल उद्घाटन गरे । छात्रा तथा छात्र दुवैतर्फ रेफ्रीको भूमिका डिल्लीजङ गुरुङ, भीमलाल श्रेष्ठ, असिम गुरुङ र अमृत गुरुङले निभाए । कार्यक्रमको सञ्चालन शिक्षक सुरेशराज पाण्डेले गरे ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१