दमौलीमा वृहत स्वास्थ्य शिविर, दमाैली अस्पताललाई विशिस्टीकृत सेवासहित सञ्चालन गर्ने मुख्यमन्त्री पोखरेलको प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७९
damauli health camp

पोखरा । रोटरी क्लब अफ दमौली र रोटरी क्लब डिस्ट्रिक्ट ३५२३ को आयोजनामा तनहुँ सदरमुकाम दमौलीमा गरेको वृहत स्वास्थ्य शिविरको गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उद्घाटन गरेका छन् ।

उक्त अवसरमा रोटरीले दमौली अस्पताललाई ७० लाख रुपैयाँ बराबरका उपकरण प्रदान गरेको छ । राजमार्गको छेउमा रहेको दमौली अस्पताललाई १ सय बेडमा स्तरोन्नती गरी विशिष्टीकृत सेवा प्रदान गर्न प्रदेश सरकार प्रयासरत रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

स्वास्थ्य र शिक्षालाई प्रदेशले प्राथमिकतमा राखे पनि सिमित स्रोतका कारण चाहे अनुसार उपलब्धि हासिल हुन नसकेको उनको भनाइ थियो । दमौली अस्पतालमा सेवा थप गरी आँखा उपचार सुरु गर्ने लक्ष्यका साथ योजना बनाए पनि जग्गा प्राप्तिमा समस्या भएकाले केही ढिलाइ भएको उनको भनाइ थियो ।

नेपालीको स्वास्थ्य अवस्थाप्रति चासो देखाएर विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरेकामा उनले ताइवानी टोली र रोटरीलाई उनले धन्यवाद् व्यक्त गरे ।

ताइवानी ३४ चिकित्सकसहित ८३ जनाको टोलीले कात्तिक १५ र १६ गते दमौलीमा सेवा दिनेछ । शिविरमा १२ थरी सेवा प्रदान गरिने र करिब ५ हजार जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक रजिनलाल श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै