शुक्ललाई गल्फ उपाधि

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
gulf

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा–१४ हिमालयन गल्फ कोर्षमा भएको थियो ।

युवा खेलाडीको मनोबल उच्च बनाउने ध्येयसहित पोखराका पाका गल्फरबीच मन्थली मेडल प्रतिस्पर्धा गरिएको थियो । प्रतिस्पर्धामा पाका सहभागिता जनाउँदा नवौंको लागि छनोट भएका खेलाडीहरु भने उनीहरुको स्ट्रोक हेर्न व्यस्त थिए ।

स्टेबल फोर्ड फुल ह्यान्डिक्यापमा भएको प्रतिस्पर्धाको उपाधि मेजर डा. अमरेशनारायण शुक्लले जिते । २४ ह्यान्डिक्यापका उनले ३६ स्कोरसहित उपाधि जित्दा १८ ह्यान्डिक्यापका क्या. कृष्ण पुन भने ३६ अंकसहित उपविजेतामा रहे ।

विजेतालाई कास्की जिल्ला गल्फ संघका पदाधिकारीलगायत विभिन्न व्यक्तिले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा २४ जना गल्फरले सहभागिता जनाएका थिए । २६ स्कोरसहित ग्रसतर्फको विजेता भने गणेशकुमार गुरुङले हात पारे । उनी १० ह्यान्डीक्यापका खेलाडी रहेको हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुबहादुर गुरुङ (भुवन) ले बताए । व्यवस्थापक गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका गल्फका प्रशिक्षकसमेत हुन् ।

Related News

सम्बन्धित समाचार

  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…

hero news full width