पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ ।
संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी तथा कास्की प्रहरी प्रमुख अजय केसीलाई भेटेर सो आग्रह गरेको हो ।
भेटका अवसरमा संघका अध्यक्ष प्रजापतिले चाडबाडको बेला हुने किनमेललाई सहजता प्रदान गर्न आग्रह गर्दै भने,‘चाडबाडमा किनमेल गरिएका सामान बोक्ने गाडीहरुलाई मुख्य सडक क्षेत्रमा सहजतासाथ प्रवेश गर्ने वातावरण निर्माण होस्,अत्यावश्यक सामान वितरण गर्ने गाडीलाई अवरोध नगरियोस् ।’ उनले न्यूरोड क्षेत्रमा भएका फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री पसलहरुले बिक्री गरिएका सामान ग्राहककहाँ पु¥याउन समस्या भोगेको गुनासो सम्वोधनको आग्रह पनि गरे । चाडबाडमा व्यवसायीहरुले सहजता महशुस गरे राजश्व बृद्धिमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले बजार अनुगमनको नाममा व्यवसायीहरुको मानमर्दन नगर्न तथा एकद्धार प्रणालीबाट अनुगमन गर्न आग्रह पनि गरे ।
जवाफमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफू निजी क्षेत्रको मागप्रति सकारात्मक भएको प्रतिक्रिया दिए । उता, कास्की प्रहरी प्रमु्ख अजय केसीले दशैं तिहार लक्षित सुरक्षा योजना निर्माण भएको र त्यसले व्यवसायीहरुका माग संवोधन गर्ने बताए । प्रतिनिनिमण्डलमा संघका निवर्तमान अध्क्ष नारायण कोइराला, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेश बास्तोला, उपमहासचिव शोभा पौडेल र कार्यसमिति सदस्य जीवनकाजी श्रेष्थ सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१