भिजन सहकारीमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
vision

पोखरा । भिजन बचत तथा ऋण सहकारी संस्था, पोखरा–१०, अमरसिंहचोकको संचालक समिति अध्यक्षमा श्रीमान् गुरुङ चयन भएका छन् ।

संस्थाको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले समिति उपाध्यक्षमा अश्मि गुरुङ, कोषाध्यक्ष विजयकुमार गुरुङ, सचिव सीता तिमिल्सिना र सदस्यमा अशोककुमार गुरुङ, दिलमाया गुरुङ र देवी गुरुङ चयन भए ।

पोखरा महानगरपालिका वडा १० का अध्यक्ष राजेश गुरुङले सभाको उद्घाटन गर्दै संस्थाले गरेको प्रगतिको प्रशंसा गरे । उनले सहकारीले आयमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिए ।

पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले सेयर सदस्यको बचत सुरक्षित राख्दै उनीहरुलाई सहकारीको अपनत्व महसुस हुने गरी काम गर्नुपर्ने विचार राखे ।

कमला गिरिले सहकारीका नियम, सिद्धान्त र नियमावलीबारे बताएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width