राष्ट्रिय सम्पदाको शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Rastriya Sampada Photo

पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा दसैं, तिहार, छठ, नेपाल संवत लगायत चाडपर्व अवसरमा शुभकामना आदानप्रदान गरिएको हो ।

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । ‘नागरिकता ऐन राम्रो÷नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन,’ उनले भने ।

समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी अष्टमान प्रधानांगले प्रकाश पारे ।

सम्पदाका अध्यक्ष सुनिल पाण्डेले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि सम्पदाको दोहन र जनताको अधिकार कुन्ठित हुनेक्रम नरोकिनु दुखद भएको बताए । चाडपर्वमा आपसी सहिष्णुता र आत्मीयता अभिवृद्धिसँगै जनसरोकारका विषयमा छलफलहोस् भनी कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, मानवअधिकार आयोग पोखराका अधिकृत टंक खनाल, संस्थाका पूर्व अध्यक्ष शशि तुलाचन, उपाध्यक्ष निर्मला कोइराला, महासचिव ठाकुरप्रसाद बराल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width