पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी आयोजित प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सकिएको छ ।
राखेपको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा २ दिनसम्म चलेको तालिमको समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । यसबाट राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आमसर्वसाधरणमाझ पुर्याउन सञ्चारकर्मीबाट सहज हुने विश्वास व्यक्त गरे । ३९ वर्षपछि पोखरामा हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशले भब्यताका साथ सम्पन्न गर्ने उनले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अञ्जन खड्का, मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायत बोलेका थिए ।
तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७० जना बढी पत्रकारको सहभागिता थियो । नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ प्रमुख प्रशिक्षक रहेको तालिममा ३० बढी विभिन्न खेलका प्रशिक्षकले तालिम दिए । प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायत संस्था तालिमका सहयोगी हुन् । असोज २८ देखि कात्तिक ३ सम्म हुने राष्ट्रिय खेलकुदमा तालिमले सहयोग पुग्ने मञ्च गण्डकी अध्यक्ष बरालले बताए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१