लेखनाथ । लक्ष्मी आदर्श टोल विकास संस्था, लेखनाथको आठौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनले सप्तबहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा विमला पहारी पौडेल र जयराम राज भण्डारी, सचिव सीता बास्तोला पराजुली, सहसचिव बलराम लामिछाने र कोषाध्यक्ष रक्षा गणेश पौडेल छन् । सदस्यमा विद्यादेवी शर्मा, अम्बिका पोखरेल, रचित पौडेल, थानेश्वर भट्टराई र लक्ष्मी विक छन् । समितिको लेखा संयोजक सुमन जिसी तथा सदस्यमा सरोज भट्टराई र दीपक पौडेल चयन भएका छन् ।
संस्था कावा अध्यक्ष बिमला पहारी पौडेलको अध्यक्षतामा भएको सभाको उद्घाटन गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले राष्ट्र विकास हुनु पहिला टोल र समाजको विकास हुनु पर्ने कुरामा जोड दिए । समाज र टोलको विकास हुने जुनसुकै कार्यमा पनि वडाको साथ र सहयोग रहने धारणा व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिका सामाजिक विकास प्रमुख रवीन्द्र अधिकारीले गरिबीको रेखामुनि रहेकाको जिवनस्तर सुधार गर्न सक्ने खालका योजना ल्याउन टोल विकास संस्थालाई आग्रह गरेका थिए ।
कार्यक्रममा लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछाने, प्रअ रवीन्द्र भट्टराई, निवर्तमान अध्यक्ष राजु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको वृद्ध सम्मान तथा १२ कक्षाका उत्कृष्ट नतिजा प्राप्त गर्ने १ छात्र र १ छात्रालाई समेत सम्मान गरिएको थियो । वृद्ध सम्मानमा ९२ वर्षिया यशोधा ढकाल सम्मानित भइन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१