पोखरा- ११ मा सफाइ अभियान

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Safai

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ ले आठौं संविधान दिवसको उपलक्ष्यमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

काहुँ देउराली तथा काहुँ धरहरा क्षेत्रबाट सुरु गरिएको उक्त कार्यक्रमको पोखरा ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले शुभारम्भ गरेका थिए । त्यस अवसरमा वडाध्यक्ष कर्माचार्यले सरसफाइ कार्यमा सबै एकसाथ लाग्नुपर्नेमा जोड दिए ।

वडा सदस्य सुशील बास्तोलाले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै ११ नम्बर वडालाई स्वच्छ सुन्दर वडाका रुपमा चिनाउन सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिवशक्ति मावि फूलबारी र कालिका मावि काहुँका विद्यार्थी, फूलबारी क्लब, जनकल्याण क्लब, रानीपौवा आमा समूह, चण्डी आमा समूह, राधाकृष्ण आमा समूह, सिस्नेरी आमा समूहलगायत समाजसेवी, तथा राजनीतिकर्मीको उत्साहजनक सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width