अवार्डका लागि प्रेमका ३ फोटाहरु मनोनीत

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Photo patrakar prems

पोखरा । राष्ट्रिय फोटो पत्रकारिता अवार्डको ३ विधामा पोखराका फोटो पत्रकार प्रेम थापाका ३ फोटाहरु मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड प्रतियोगितामा उनको फोटाहरु मनोनयनमा परेका हुन् । विगत ३ वर्षदेखि पोखराको परिचय डटकममा फोटो पत्रकारिता गर्दै आएका प्रेमका फोटाहरु नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२, खेलकुद फोटो पत्रकारिता विधा २०२२ र गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधा २०२२ मा उत्कृष्ट ५ भित्र पर्न सफल भएका हुन् ।

अवार्ड प्राप्त गर्न दैनिक फोटो पत्रकारिता विधामा प्रेमले फोटो पत्रकारहरु अनन्ता भण्डारी, मनीष अर्याल, नवीनबाबु गुरुङ र सुनील शर्मासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । खेलकुद फोटो पत्रकारिता विधामा विक्रमकुमार बानियाँ, हरिससिंह नगाल, एसके शर्मा, सरोज चाम्लिङसँग उनले प्रतिस्पर्धा गर्नुपर्नेछ । गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा भने उनको प्रतिस्पर्धा खिम लामिछाने, किरण आचार्य, राधिका कँडेल र रजनी तामाङसँग हुनेछ ।

एनएफपिजेले विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटो पत्रकारको विधागत ५ जना मनोनयन गरिएको जानकारी आयोजकले दिएको छ । उक्त मनोनयमा पर्नेमध्येबाट उत्कृष्ट १ लाई असोज ६ गते काठमाडौंमा एक कार्यक्रमबीच अवार्ड प्रदान गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width