रेडक्रस गण्डकीमा ढकाल

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Redcross

पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकीको सोमबार सम्पन्न निर्वाचनबाट सूर्यप्रसाद ढकाल (कास्की) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

समितिको महिला उपाध्यक्ष फूलमाया गुरुङ (गोरखा), महासचिव रामदत्त पौडेल (तनहुँ), कोषाध्यक्ष नारायणप्रसाद घिमिरे (लमजुङ), उपमहासचिव सुनीलकुमार अर्याल (स्याङ्जा) र उपकोषाध्यक्ष धनेश्वर रेग्मी (पर्वत) चयन भए ।

सदस्यहरु पुष्पा भट्टचन शेरचन (मुस्ताङ), कृष्णचन्द्र पाण्डे (तनहुँ), सीता शर्मा (बागलुङ), रेखा केसी अधिकारी (नवलपुर) र सदनप्रसाद द्वा (मनाङ) रहेका छन् ।

निर्वाचन अधिकारी फूल महम्मद मियाँको संयोजकत्वमा गठित समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width