पोखरा एभेन्जर्सको मेन्टर सन्दीप पाटिल

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
okhara avangers

पोखरा ।  फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी ट्वान्टी लिगको सहभागी टिम पोखरा एभेन्जर्सले सन्दीप पाटिललाई मेन्टरको रुपमा सार्वजनिक गरेको छ । मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरेर पोखराले भारतीय टिमका पूर्व खेलाडी पाटिललाई मेन्टर नियुक्त गरेको हो ।

भारतले सन् १९८३ मा पहिलो पटक विश्वकपको उपाधि हासिल गर्दा पाटिल टिमका मुख्य सदस्य रहेका थिए । मेन्टर सार्वजनिक कार्यक्रममा पाटिलले नेपाल टी ट्वान्टी लिग युवा क्रिकेटरका लागि महत्वपूर्ण प्रतियोगिता बन्ने उल्लेख गरेका छन् । उनले फ्रेन्चाइजको आयोजनाबाट क्रिकेट व्यवसायिक मात्र बन्ने नभएर युवा खेलाडीको विकासमा समेत यसले सहयोग पुयाउने बताए । कार्यक्रममा पोखरा एभेन्जर्सको लोगो समेत सार्वजनिक गरिएको छ । पोखरा एभेन्जर्सलाई नेपाली ब्राण्ड केटीएम सिटीले अपेरियल पार्टनरको रुपमा मुख्य प्रायोजन गर्नेछ ।

टिमलाई आवश्यक पर्ने सम्पूर्ण किट केटीएम सिटीले उपलब्ध गराउने छ । प्रायोजन सम्बन्धि सम्झौतामा टिमका अध्यक्ष पोस्टराज ज्ञवाली र केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा नोर्बु शेर्पाले हस्ताक्षर गरेका छन् । पोखराको मार्की खेलाडीमा आसिफ शेख छन् । पोखरा एभेन्जर्स, लुम्बिनी हेल्थ केयर ग्रुप स्वामित्वको फ्रेन्चाइज क्रिकेट टिम हो । यसको मुख्य प्रबद्र्धकमा पोस्टराज ज्ञवाली र सुबोध त्रिपाठी रहेका छन् । कार्यक्रममा पोखराका अध्यक्ष पोस्टराज ज्ञवालीले क्रिकेट विकासमा सहयोग गर्न आफुहरु टी ट्वान्टी लिगमा आबद्ध भएको बताए । टिमका निर्देशक सुबोध त्रिपाठीले खेलाडीको व्यवसायिक विकास गर्ने स्वच्छ भावनाले क्रिकेटमा हात हालेको उल्लेख गरे

Related News

सम्बन्धित समाचार

  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…
  • पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । पोखरा २९, पट्नेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्ड हल निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई सिफारिस गरिएको छ…

hero news full width

Recent Posts

भर्खरै