शिवटोल विकासमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
shiva tole

पोखरा । शिवटोल विकास संस्थाको १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले ध्रुवबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्ष कृष्णकाजी पाण्डे, सचिव प्रकाश रानामगर, कोषाध्यक्ष पूर्णकुमार श्रेष्ठा, सहसचिव वीरबहादुर ठकुरी, सहकोषाध्यक्ष सझना घले चयन भए । सदस्यमा माया विक, बुद्ध पुन, देवीकुमारी कुँवर, छवीलाल गुरुङ, कुशकुमारी गुरुङ, अमृता गुरुङ, रामहरि न्यौपाने छन् ।

यस्तै, सल्लाहकार रेखबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, हिरालाल गुरुङ, भगवती क्षेत्री, विष्णुकुमारी गुरुङ छन् । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि र शिवटोलवासी सदस्यका एसइई, कक्षा १२ र उच्च शिक्षा हासिल गरेका ३३ जना बाबुनानीलाई सम्मान गरियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width