हेमजा । हेमजास्थित सफल उद्यमशील महिला समूह आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ ।
भदौ १४ र १५ गते हुने उक्त प्रतियोगिताअन्तर्गत ५० टिमको सहभागिता रहने समूहका अध्यक्ष विष्णु बास्तोलाले जानकारी दिइन् ।
‘नारी एक, भूमिका अनेक : उद्यम गरौं उद्यमशील बनौं’ नाराका साथ स्थापित सो समूहले खुला तीजगीत प्रतियोगिता गर्न लागेको हो ।
यस्तै, हास्य तथा विविध सांस्कृतिक प्रस्तुति एवं सम्मान कार्यक्रम पनि हुनेछ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन पनि गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले ५५ हजार ५ सय ५५, द्वितीय समूहले ३३ हजार ३ सय ३३, तृतीय समूहले २२ हजार २ सय २२ तथा सान्त्वनाले ११ हजार १ सय ११ पुरस्कार पाउने छन् ।
उत्कृष्ट नृत्य, भेषभूषा, स्वरलाई ५ हजार ५ सय ५५ साथमा प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रम संयोजक पार्वती बास्तोलाले जानकारी दिइन् । कला, सस्ंकृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको उक्त प्रतियोगिता २० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१