पोखरा । पोखराका गुरुङ समुदायले यसपालिको सांस्कृतिक ट्होटें पर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा मनाउने भएको छ । यो पर्व तमुहरुको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व हो ।
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार उनीहरुले विभिन्न कार्यक्रम गरी पर्व मनाउँदै आएका छन् ।
तमुहरुको छाता संस्था तमु धिं नेपालद्वारा साउनको तेस्रो मंगलबार चिप्लेढुंगा मानवअधिकारचोकमा तमु समाज एवं विभिन्न संघ संस्थाहरु मौलिक भेषभुषा, बाजागाजा, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित ट्होटें र्याली सुरु हुने भएको छ ।
र्याली चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपाल परिसर नयाँबजारमा पुगेर विशेष समारोहमा परिणत हुने संस्थाका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । यसपालि तमु धिं नेपालमा राष्ट्र प्रमुख राष्ट्रपतिको आगमन हुने महत्वपूर्ण कार्यक्रमका लागि तमु धिं विशेष तयारीमा जुटेको उनले बताए ।
कार्यक्रममा तमु समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, जननिर्वाचित जनप्रतिनिधिको सम्मानका साथै ट्होटे र्यालीमा उत्कृष्टलाई पुरस्कृत गरिने छ । जसमा प्रथमलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजारसहित ट्रफी प्रदान गरिनेछ । सान्त्वनालाई १० हजार साथमा ट्रफी र एवं ४ वटा समाज समूहलाई ५/५ हजारसहित पुरस्कृत गरिने भएको छ ।
यसैबीच, चारभञ्ज्याङ तमु समाज पोखराले तमु धिं नेपालको परिसरमा सरसफाइ गरेको तमु धिं नेपालका प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले बताए । चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष गणेशबहादुर गुरुङको नेतृत्वमा सो कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१