पोखरा । आत्महत्या रोकथाम नेपालसहित विश्वभर नै चुनौतीको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गरेको छ । नेपालमा पनि आत्महत्या रोकथाम चुनौतीको विषय बन्दै गएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ७ सय ९२ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या केही संख्या घटे पनि आत्महत्या रोकथाममा अझै चुनौती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारी बताउँछन् ।
आव २०७७/०७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका थिए । २०७४/०७५ सालदेखि नै बढ्दै आएको आत्महत्या दर अघिल्लो आवमा केही घटे पनि यसको रोकथाममा चुनौती टाउको दुखाइ विषय बनेको डिएसपी तिवारीको भनाइ छ ।
नेपालमा अहिले पनि दैनिक १९ जनाले जीवनबाट बिरक्तिएर आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । नेपालसँगै विश्वभर सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसरुपमा मनाउँदै आएको छ । नेपालले पनि वर्सेनि यो दिवसमा ऐक्यबद्धता जनाउँदै आएको छ । नेपाल सरकारले दिगो विकास लक्ष्यमै समेटेर सन् २०१५ देखि २०३० सम्म आत्महत्याको दर १६.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत पु¥याउने गरी विभिन्न कार्यक्रम आयोजना गरिहेको छ । यो पटक ‘आत्महत्या रोकथामका लागि काम गरौं, आशाको सिर्जना गरौं’ नारा तय छ । यही नारामा आधारित रहेर नेपालमा विभिन्न कार्यक्रम गरिने भएको छ । तर कार्यक्रम बनाएरमात्र आत्महत्या रोकथाम गर्न नसकिने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताको भनाइ छ ।
गण्डकी मेडिकल कलेज मनोचिकित्सा र मानसिक स्वास्थ्य विभागको आयोजनामा भएको ‘आत्महत्या र मिडिया’ विषयक अन्तक्र्रियामा वक्ताले आत्महत्या रोकथाममा परिवारको महत्वपूर्ण भूमिका रहने औंल्याए ।
प्राडा नारायणसिंह गुरुङले आत्महत्या रोकथाममा परिवारले जति भूमिका खेल्न सक्छ, अरुले त्यसो गर्न नसक्ने बताए । ‘आत्महत्या गर्ने भनेको डिप्रेसनमा पुगेर नै हो । धेरैजसो आत्महत्याको केस डिप्रेसनबाटै हुने गरेको छ,’ उनले भने, ‘डिप्रेसनको गएको मानिसलाई एक सेकेन्ड पनि छोड्न मिल्दैन, केही गरेर टाढा भयो भने जे पनि हुन सक्छ, त्यसैले आत्महत्या रोक्न परिवारको महत्वपूर्ण भूमिका हुन्छ ।’
कास्कीमा पनि आत्महत्याका घटना बढेकाले रोकथामका लागि कार्यक्रम राखिएको गण्डकी मेडिकल कलेज मनोचिकित्सा र मानसिक स्वास्थ्य विभागका प्रमुख डा. देवकुमार थापाले जानकारी दिए । कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका अध्यक्ष डा. केदार मरहठ्ठा, डिएसपी सुन्दर तिवारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र डा. रविराज तिमिल्सिनाले आत्महत्या र मिडियाका विषयमा प्रस्तुति दिएका थिए । पत्रकार, प्रहरी प्रशासन र चिकित्सकका माध्यमबाट परिवारका सदस्यमा चेतना ल्याउन सकिने कार्यक्रमको निचोड थियो ।
अघिल्लो आव तुलनामा देशभर आत्महत्याका केसमा केही कमी आए पनि गण्डकी प्रदेशमा भने बढेको तथ्यांक छ । आव २०७७/०७८ मा ६ सय ४४ ले आत्महत्या गरेकोमा त्यो संख्यामा वृद्धि भएर आव २०७८/७९ मा ६ सय ९९ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आत्महत्या प्रक्रियामा सबैभन्दा बढी ६ सय ३२ जना झुण्डिएर देहत्याग गरेका थिए । यसैगरी, विष सेवन गरी ४१, हाम फालेर २०, पानीमा डुबेर ४, आगो लगाएर र हातहतियार औजारबाट १/१ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१