प्राध्यापक संघ विन्दुवासिनीमा डा. चुडामणि

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
bindh

पोखरा । प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ एकाइको दसौं अधिवेशन तथा साधारण सभा भएको छ । अधिवेशनबाट सहप्राध्यापक डा. चुडामणि कँडेल सभापति चुनिए । इकाइ समितिको उपसभाति उपप्राध्यापक प्रकाश पौडेल, सचिव उपप्राध्यापक डा. भोलानारायण रेग्मी, सहसचिव उपप्राध्यापक पशुपति दवाडी, कोषाध्यक्ष उपप्राध्यापक दीपा शर्मा छन् । सदस्यहरु सहप्राध्यापक राधाकृष्ण गैरे, सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराई चयन भए । भेलाको दोस्रो दिन केन्द्रीय समितिको अधिवेशनका लागि सहप्राध्यापकहरू श्रीराम बराल, योगराज पौडेल, सत्यराज सुवेदी निर्वाचित प्रतिनिधि छानिए । निर्वाचन समितिका संयोजक सहप्राध्यापक आनन्दमणि रिजालको अध्यक्षतामा भएको घोषणा सभाको सञ्चालन निर्वाचन समितिका सदस्य सचिव उपप्राध्यापक श्यामप्रसाद पौडेलले गरेका थिए ।

प्राध्यापक संघ विद्यापीठ एकाइ समितिका सभापति सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजाल प्रमुख अतिथि थिए । इकाइ समिति सहसचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए । नयाँ कार्यसमिति तथा केन्द्रीय प्रतिनिधिको चयनका लागि आनन्दमणि रिजाल संयोजक तथा श्यामप्रसाद पौडेल र महेश्वर घिमिरे सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width