तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Malepatan news

पोखरा । पोखरा ५ स्थित सूर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म खुला तीजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण २ वर्ष स्थगित कार्यक्रम यसवर्ष सञ्चालन गर्न लागिएको हो ।

तीज गित प्रतियोगितासँगै महिलाहरुको छेलो र दौड प्रतियोगितासमेत राखिने आयोजकले जनाएको छ । तीज गीत प्रतियोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना टिमले ५ हजार नगद प्राप्त गर्नेछन् ।

उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । मालेपाटन खेल मैदानमा हुने प्रतियोगितामा ५ लाख ३८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिता सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । आर्थिक व्यवस्थापन उपसमिति संयोजक दीपकप्रसाद बराल, प्रचारप्रसार संयोजक सावित्री कोइराला, प्राथमिक उपचार संयोजक कमला गौतम, मञ्च, साउन्ड सिस्टम खाजा तथा खेलकुद व्यवस्थापन संयोजक विमल श्रेष्ठ तोकिएका छन् ।

निर्णयक मण्डल व्यवस्थापन तथा चिठीपत्रमा हेमराज भण्डारी, स्रष्टा सम्मान व्यवस्थापनमा वसन्तराज भण्डारी, अतिथि सत्कारमा कमला सुनार, स्वयंसेवक परिचालनमा मुन्द्रमान श्रेष्ठ, तीज गीत प्रतियोगी व्यवस्थापनमा महेश्वर बराल, महोत्सव अनुगमन तथा मूल्यांकनमा लक्ष्मण कोइराला र महोत्सव सल्लाहकार उपसमितिको संयोजकमा उज्वल खत्रीलाई चयन गरिएको छ । खेलकुदका लागि अफिसिएल रेफ्री सुशील केसी चयन गरिएको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width