केही दिन पहिले ललितपुरको तारकेश्वर नगरपालिका बस्ने दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, तिनीहरुका १३ वर्षीया छोरी आरिका र ८ वर्षीय छोरा आशिक पाण्डेको वीभत्स किसिमले मृत्यु भएको समाचारले स्तब्ध पारेको छ । प्रहरीका अनुसार दिनेश पाण्डेले आफ्नी श्रीमती र छोराछारीको हत्या गरेपछि आफूले आत्महत्या गरेको अनुमान गरेको छ । ती श्रीमान् श्रीमतीको सधैं झगडा भइरहने हुँदा रिसको झोकमा त्यो हत्या भएको बताइएको छ । यो भर्खरै भएको हत्या हो । यस्ता हत्या र आत्महत्याका घटना धेरै भइरहेका छन् । कतै श्रीमान्ले श्रीमतीलाई हत्या गरेको हुन्छ भने कतै श्रीमतीले अरुसँग मिलेर श्रीमानको हत्या गराएका हुन्छन् । बलात्कारपछि हत्या गरेका घटना त धेरै भएका छन् । बाबुले आफ्नै छाराछोरीको हत्या गर्ने र छोराले बाबुको हत्या गरेका घटना पनि सुनिन्छ । यस्ता घटना कुनै एक ठाउँमात्र भएका होइनन्, पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म जताततै भएका छन् ।
कुनै बेला हाम्रो देशमा मान्छे काट्ने र मार्ने घटना बिरलै हुन्थे । त्यसलाई ठूलो अपराध मानिन्थ्यो । मानिसले मानिसलाई काट्ने मार्ने काम गर्न डराउँथे तर अहिले आफ्नै परिवारलाई आफ्नै रगतको टुक्रालाई समेत काट्ने मार्ने गरेको र निरपराधको समेत ज्यान जानेको कुरा सुन्दा मानिसहरु स्तब्ध हुने गरेका छन् । केही वर्षदेखि हाम्रो समाजमा विकृति र विसंगति आएका छन् । सामाजिक संरचना भत्किंदै छ । समाज हिजोभन्दा आज स्वार्थी र निष्ठुरी बन्दैछ । निर्दयी भएको र पैसाको लागि जे पनि गर्न तयार हुने देखिएको छ । सानो कुराले पनि ज्यानै जाने खतरा देखिएको छ । खतरा यत्ति बढेको छ कि सम्झँदा पनि कहालीलाग्दो स्थिति दृष्यगोचर हुन्छ । सोचेमा यो दुर्भाग्यको स्थिति हो ।
समाजमा यस्तो हत्या, हिंसा र आतंकको स्थिति किन आयो ? यस्तो घटना किन बढ्दै छ ? यसमा सरकारमा बस्नेहरु गम्भीर हुनुपर्नेमा भएका छैनन् । अपराध गर्नेलाई पक्रेर र जेलमा हालेरमात्र यो समस्याको समाधान हुनेवाला छैन । यसले हाम्रो शिक्षा दीक्षालाई चुनौती गरेको छ । यसले हाम्रो धर्म र संस्कृतिमाथि पनि औंला ठड्याएको छ । यो गम्भीर विषय छ । यसमा समाजशास्त्रीहरुले आफ्नो किसिमले सोच्नु प¥यो भने अपराध विषयका विज्ञहरुले अर्कै किसिमले अध्ययन गर्नु प¥यो । हत्या–हिंसाको जे–जस्तो घटना घटेको छ, त्यो दानवीय प्रवृत्ति हो । दानवीय प्रवत्तिले मानव सभ्यतालाई नष्ट गर्दछ भन्ने कुरा हाम्रा धार्मिक ब्यक्तिहरुलाई राम्ररी थाहा छ । यसरी हेर्दा हत्या, हिंसाको विषय सबैको साझा विषय हो । यो प्रवृत्तिलाई हटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नु गर्दछ । तर यसको सबभन्दा ठूलो जिम्मेवारी सरकारको हो । सरकारले हाम्रो समाज किन कसरी यस्तो भएर गएको छ भन्नेमा व्यापक अध्ययन गरी त्यसको रोकथामको प्रयास गर्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१