आचार्य बालकृष्णको जन्मदिनमा रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
blood

वालिङ । विश्वविख्यात आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको जन्मदिनमा वालिङमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५८ प्वाइन्ट रगत संकलन भयो ।

पतञ्जलि योग समिति स्याङ्जाले उनको ५० औं जन्मोत्सवमा सो कार्यक्रम गरेको पतञ्जलि योग समिति स्याङ्जाकी महिला प्रभारी तथा कार्यक्रम संयोजक कविता भुसालले बताइन् ।

‘महाराज स्याङ्जा वालिङकै हुनुभएकाले पनि उहाँको जन्मभूमिमा पतञ्जलि योग समितिमार्फत वर्षेनी जन्मोत्सव मनाउँदै आएका छौं,’ संयोजक भुसालले भनिन्, ‘५० औं जन्मोत्सवका अवसरमा आज वालिङमा बृहत् रक्तदान तथा वृक्षरोपण गरेका हौं ।’

जिल्ला रेडक्रस सोसाइटी अध्यक्ष दिनेश अर्यालले संकलित रगतलाई रक्त सञ्चार केन्द्र स्याङ्जामा लगेर समूह छुट्टयाएर राखिने र जुन समूहको रगतको माग हुन्छ सोही समूहलाई मिल्ने रगत निशुल्क बिरामीलाई उपलब्ध गराइने बताए ।

‘पछिल्लो समय जिल्ला अस्पताल स्याङ्जा र वालिङ सामुदायिक डायलासिस सेन्टरमा मिर्गौलाका बिरामीको नियमित डायलासिस हुने गरेकाले रगतको माग बढ्दै गएको छ,’ उनले भने, ‘यहाँ संकलन भएको रगत जिल्ला अस्पतालमा मिर्गौलाको डायलासिसका बिरामी तथा सुत्केरी महिलाहरुलाई र वालिङमा डायलासिसका बिरामीलाई निशुल्क उपलब्ध गराउँदै आएका छौं ।’

स्याङ्जाभित्र मासिकरुपमा ५० पिन्ट रगतको माग हुने गरेको छ । रगत लिएको ३५ दिनभित्रमा उक्त रगत प्रयोग गरी सक्ने पर्ने भएकाले जिल्लामा खपत भएर बाँकी रहेको रगत रक्त सञ्चार केन्द्र कास्की पठाउने गरिएको उनले बताए ।

रक्तदान तथा वृक्षरोपण कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतम, पतञ्जलि योग समिति स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारी, कार्यक्रम संयोजक कविता भुसाल, गिरमान गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बालकृष्ण महाराजको जन्म वालिङ ६ भरुवामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width