पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।
पोखरा ११, रानीपौवामा प्रधानकार्यालय रहेको सहकारीले स्थापना १३ औं वार्षिकोत्सव अवसरमा खुला रक्तदान कार्यक्रम गर्दै चुल्हो वितरण गरेको हो ।
समारोहमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारी संस्थाले यस्तैखालका सामाजिक उत्तरदायित्वका कार्यक्रम अगाडि बढाउनुपर्ने भनाइ राखे । उनले गण्डकी प्रदेशको नमुना सहकारीको रुपमा सयपत्रीले आफूलाई उभ्याउन सक्नुपर्ने सुझाव पनि दिए ।
सदस्यको हितका निमित्त आर्थिक उन्नति, समाजमा परिवर्तन र जनचेतना जस्ता विषय सहकारीबाटै सम्भव हुने उनले बताए । रक्तदानको विषयमा बोल्दै पराजुलीले सामाजिक कार्य गर्ने सयपत्री सहकारीले मानव जीवनको रक्षाका लागि रगतको अभाव हुन नदिने गरी निरन्तर सहयोग गरेको भन्दै धन्यवाद दिए ।
सहकारी अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा ९० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक वसन्तराज कोइरालाले जानकारी दिए । सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग, मानवीय उद्धार तथा सरकारी नीति तथा योजना अनुरुप विभिन्न कार्य गर्दै आएको जनाइएको छ ।
सहकारीका अध्यक्ष बास्तोलाले स्थापनादेखि नै मूल योजना सामाजिक सेवा र सेयर सदस्यमैत्री सहकारी बनाउने लक्ष्य अनुरुप आफूहरु अघि बढिरहेको बताए । गण्डकी प्रदेशकै नमुना सहकारी बनाउन विभिन्न पक्षबाट उर्जा प्राप्त भईरहेका उनले सुनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार माधवप्रसाद बास्तोला (मधु), जिल्ला सहकारी संघ कास्कीका प्रतिनिधि दीपक आचार्य, पुरानोधारा सहकारीका अध्यक्ष कृष्णप्रसाद कोइराला, पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्मचार्य, सिजी कम्पनीका बिटुबी मेनेजर सुर्यस् आचार्य लगायतले भनाइ राखेको सहकारीका प्रमुख विकास सुवेदीले जानकारी दिए । सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहकारीका उपाध्यक्ष भीमप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सभामा सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले वित्तीय विवरण पेस गरेका थिए । उनले वासलात १ अर्ब ८८ करोड, निक्षेप १ अर्ब ४८ करोड, जगेडा कोष तथा अन्य कोष १० करोड ९० लाख, कर्जा लगानी १ अर्ब ५६ करोड र तरलता २२ करोड ६१ लाख रुपैयाँ रहेको जानकारी दिए ।
विद्युतीय चुल्हो वितरणबाट संस्थाका सदस्य लाभान्वित भएको र आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम गर्दै जाने प्रमुख विकास सुवेदीले जानकारी दिए । सेयर सदस्यलाई सरकारको लक्ष्यअनुरुप सहकारी अघि बढ्नु पर्छ भन्ने मान्यताअनुरुप इन्डक्सन चुल्हो वितरण गरिएको सहकारीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१